जेठमा बैंकहरुको कर्जा प्रवाह र निक्षेप संकलन दुबै बढ्यो

जेठमा बैंकहरुको कर्जा प्रवाह र निक्षेप संकलन दुबै बढ्यो

काठमाडौं । जेठ महिनामा वाणिज्य बैंकको निक्षेप संकलन ३६ अर्ब रुपैयाँले बढेको छ । बैंकर्स संघका अनुसार जेठ मसान्तसम्ममा बैंकहरुले ३९ खर्ब ९१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् ।

वैशाख ३१ गतेसम्म बैंकहरुले ३९ खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए ।

यस्तै जेठ महिनामा वाणिज्य बैंकहरुको कर्जा लगानी पनि बढेको छ । वाणिज्य बैंकको कर्जा लगानी ३५ अर्ब रुपैयाँले बढेको छ । जेठ ३१ गतेसम्म आइपुग्दा वाणिज्य बैंकहरुले ३६ खर्ब ४६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको संघले जनाएको छ ।

वैशाखसम्म बैंकले ३६ खर्ब ११ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

प्रकाशित मिति:     ४ असार २०७८, शुक्रबार  |    Himali Khabar