निषेधाज्ञा एक साता थपियो, तर अब यी क्षेत्र भने खुल्ने

निषेधाज्ञा एक साता थपियो, तर अब यी क्षेत्र भने खुल्ने

काठमाडौं । कोरोनाभाइरस संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको अवधि एक साता थप गरिएको छ ।

कोरोनाको महामारी अझै उल्लेख्य नघटेको भन्दै तीन जिल्लाका सीडीओले निषेधाज्ञा थप गर्ने निर्णय लिएका हुन् ।

भाइरस संक्रमण उल्लेखनिय नघटेको निष्कर्ष निकाल्दै बैठकले कृषि र निर्माण क्षेत्रमा केही खुकुलो हुने गरि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । थप गरिएको निषेधाज्ञा असार ७ गते मध्यरातसम्म रहेनछ ।

बैठकले खाद्य तथा किराना पसल बिहान ११ बजेसम्म खोल्न दिने निर्णय गरेको छ । होटल तथा रेष्टुरेन्टहरुले टेक-अवे सेवा दिन पाउनेछन् भने होम डेलिभरी सेवा पनि पाइनेछ ।

इलेक्ट्रिक र हार्डवेयर पसल बेलुका ४ बजेपछि खुल्न पाउने भएका छन् ।

प्रकाशित मिति:     ३० जेष्ठ २०७८, आईतवार  |    Himali Khabar