आगामी बर्ष नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत मात्र

आगामी बर्ष नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत मात्र

काठमाडौं । विश्व बैंकले आगामी आर्थिक वर्ष २०७८/७९ मा ३.९ प्रतिशत मात्र आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । विश्व अर्थतन्त्र सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले यस्तो अनुमान गरेको हो ।

सन् २०२१ को दोस्रो प्रक्षेपण सार्वजनिक गर्दै विश्व बैंकले सरकारले गरेको अनुमानभन्दा करीव आधा कम मात्र आर्थिक वृद्धिदर प्राप्त हुने बताएको हो । सरकारले आगामी बर्ष २०७८/७९ को बजेटमा ६.५ प्रतिशत आर्थिक वृद्धिको अनुमान गरेको छ ।

प्रकाशित मिति:     २७ जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar