सन् २०२१ मा विश्वको आर्थिक वृद्धि ५.६ प्रतिशत हुने प्रक्षेपण

सन् २०२१ मा विश्वको आर्थिक वृद्धि ५.६ प्रतिशत हुने प्रक्षेपण

काठमाडौं । विश्व बैंकले यस वर्ष सन् २०२१ को विश्वको आर्थिक वृद्धिको परिदृश्यलाई अद्यावधिक गरेको छ ।
कोभिड–१९ विरुद्ध खोपको बढ्दो प्रयोग तथा धनी मुलुकहरुले सरकारी सहायतामा व्यापक खर्च गरेका कारण तिब्र आर्थिक विकास हुने बैंकले प्रक्षेपण गरेको छ ।

बैंकका अनुसार यो वृद्धि विगत पाँच दशकयताकै सबैभन्दा बढी हुनेछ ।
मङ्गलबार सार्वजनिक “विश्व आर्थिक परिदृश्य” प्रतिवेदनमा सन् २०२१ मा विश्वको आर्थिक वृद्धि ५.६ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । गत जनवरीमा बैंकले यस वर्ष ४.१ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको थियो ।

गत वर्ष विश्वको अर्थतन्त्र ३.५ प्रतिशतले खुम्चिएको थियो । कोरोनाभाइरस महामारीले व्यापारमा पु–याएको अवरोध, व्यवसाय बन्द र मानिसलाई घरभित्रै बस्न बाध्य पारेका कारण आर्थिक वृद्धिमा नकारात्मक असर परेको थियो ।

प्रकाशित मिति:     २६ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar