वैदेशिक लगानीमा ९.६६ प्रतिशतले कमि

वैदेशिक लगानीमा ९.६६ प्रतिशतले कमि

काठमाडौं । चालू आर्थिक वर्ष २०७७/०७८ को वैशाखसम्ममा वैदेशिक लगानी प्रतिबद्धता ९. ६६ प्रतिशतले घटेको छ । उद्योग विभागको तथ्यांकअनुसार चालू आवको वैशाखसम्ममा नेपालमा २७ अर्ब ३ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।

१५१ वटा परियोजनामार्फत उक्त रकम बराबरको लगानी प्रतिबद्धता आएको हो । चालू आर्थिक वर्षमा दर्ता भएका परियोजना सञ्चालन र प्रतिबद्धताअनुसार लगानी भित्रिए ४ हजार ५३५ जनाले रोजगारी पाउनेछन् ।

गत आर्थिक वर्ष २०७६/७७ मा यस्तो प्रतिबद्धता रकम २९ अर्ब ९२ करोड रुपैयाँ रहेको थियो । यी २ आर्थिक वर्षमा आएको प्रतिबद्धता रकम कोरोना शुरू हुनुअघिको आव २०७५/७६ को भन्दा बढी हो ।

२०७५/७६ का यस्तो लगानी प्रतिबद्धता जम्मा ११ अर्ब ५७ करोड थियो ।

प्रकाशित मिति:     २४ जेष्ठ २०७८, सोमबार  |    Himali Khabar