निषेधाज्ञा जेठ ३१ गते सम्म थप, अब यी क्षेत्र भने खुल्ने

निषेधाज्ञा जेठ ३१ गते सम्म थप, अब यी क्षेत्र भने खुल्ने

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधज्ञा जेठ ३१ गते सम्म थप गर्ने निर्णय गरेको छ । निषेधाज्ञाको अवधि जेठ ३१ गते सम्म थप गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

बैठकले किराना पसल, डिपार्टमेन्टल स्टोर र स्टेशनरी, किताव पसल विहान ९ बजे सम्म खोल्न दिने निर्णय गरेको छ । तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल बिहान ९ सम्म मात्र खोल्न दिइएको छ ।

निजी तथा सार्वजनिक निर्माणको काम पनि चलाउन दिने तर काम गर्दा काम गर्ने मानिस भित्रै बस्नु पर्ने छ ।

पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि यही जेठ २० गते राती १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको थियो ।

प्रकाशित मिति:     १९ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar