बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा पर्नेको संख्या १६ हजार पाँच सय ९० पुग्यो

बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा पर्नेको संख्या १६ हजार पाँच सय ९० पुग्यो

काठमाडौं । पछिल्ला दिनहरूमा बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा पर्ने ग्राहकको संख्या बढेको छ । चालू आर्थिक वर्ष २०७७-०७८ को दस महिनामा पाँच हजार ८५ जना पुगेको छ ।

वैशाखमा मात्रै नौ सय ८९ ग्राहक कालोसूचीमा परेका छ्न । अहिले कालोसूचीमा कुल १६ हजार पाँच सय ९० जना बैंक तथा वित्तीय संस्थाका ऋणी रहेका छन् । यो बर्षको वैशाखमा अन्य महिनाको तुलनामा कालोसूचीमा पर्नेको संख्या उच्च रहेको कर्जा सूचना केन्द्रको तथ्यांकले देखाएको छ ।

अहिले सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा लागु गरेको छ ।यो बेलामा तुलनात्मक रूपमा कालोसूचीमा पर्नेको संख्या अधिक देखिनुलाई केन्द्रले आश्चर्य मानेको छ ।
निषेधाज्ञामा पनि बैंक तथा वित्तीय संस्थाहरूले कालोसूचीमा राख्न पठाइरहेको केन्द्रले बताएको छ ।

प्रकाशित मिति:     २ जेष्ठ २०७८, आईतवार  |    Himali Khabar