कोभिडका बेला भ्रष्टाचार गरे क्षम्य हुँदैन : प्रधानमन्त्री ओली

कोभिडका बेला भ्रष्टाचार गरे क्षम्य हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौं, २७ वैशाख । प्रधानमन्त्री शर्मा ओलीले कोभिड महामारीका बेला कसैले भ्रष्टाचार गरे क्षम्य नहुने चेतावनी दिएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोभिड खोपका विषयमा सरकारमाथि हिलो छ्याप्ने काम भएको भन्दै असन्तुष्टि जनाए।

“औषधि खरिदमा कहिँ नभएको कनेक्सनलाई जोडेर हेरिएको छ”, उनले भने, “कोभिड महामारीको साझा संकटका बेला कसैले भ्रष्टाचार गर्छ भने त्यो क्षम्य हुँदैन । छानबिन हुन्छ। दोषी पाइए कारबाही हुन्छ।”

प्रकाशित मिति:     २७ बैशाख २०७८, सोमबार  |    Himali Khabar