राष्ट्र बैंकले आज पाँच अर्ब २० करोड बराबरको ट्रेजरी बिल विक्री गर्दै

राष्ट्र बैंकले आज पाँच अर्ब २० करोड बराबरको ट्रेजरी बिल विक्री गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार पाँच अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत बोलकबोल प्रक्रिया मार्फत ट्रेजरी बिल विक्री गर्न लागेको जनाएको छ ।

सूचना अनुसार २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल ९१ दिने अवधिका लागि विक्री गर्न लागिएको छ । सो बिल आगामी साउन ५ गते परिपक्व हुनेछ । यस्तै पाँच अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल भने कूल १८२ दिनका लागि विक्री गरिने छ । सो बिल भने आगामी कात्तिक २ गते परिपक्व हुनेछ । राष्ट्र बैंकले यसअघि गत चैत ३० गते २० अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गरेको थियो ।

प्रकाशित मिति:     ६ बैशाख २०७८, सोमबार  |    Himali Khabar