चिनियाँ अर्थतन्त्रमा उच्च वृद्धि

चिनियाँ अर्थतन्त्रमा उच्च वृद्धि

काठमाडौं । यस वर्षको पहिलो त्रैमासमा चीनको अर्थतन्त्र दोहोरो अंकले बढेको छ । गत वर्षको सोही अवधिको तुलनामा जनवरी–मार्च त्रैमासमा अर्थतन्त्र १८ दशमलव ३ प्रतिशतले बढेको त्यहाँको राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रवार सार्वजनिक गरेको तथ्यांकले देखाएको हो । यद्यपि, वृद्धिको यो दर विश्लेषकहरुले अनुमान गरेको भन्दा चाँहि कम हो ।

पहिलो त्रैमासमा चीनको अर्थतन्त्र १९ प्रतिशतले बढ्ने अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सको जनमत सर्वेक्षणले देखाएको थियो । गत वर्षको पहिलो त्रैमसमा कोरोना भाइरसको प्रकोपबीच अर्थतन्त्र ६. ८ प्रतिशतले खुम्चिएको थियो ।

तर दोस्रो त्रैमासदेखि अर्थतन्त्र वृद्धिमा फर्कियो । सन् २०१९ को पहिलो त्रैमासको तुलनामा भने गत त्रैमासमा चिनियाँ अर्थतत्र १०.३ प्रतिशतले बढेको तथ्यांक विभागले बताएको छ । मार्चमा खुद्रा विक्री ३४.२ प्रतिशतले बढेको छ । यो अनुमान गरिएभन्दा धेरै हो । तर औद्योगिक उत्पादन भने अपेक्षाकृत थोरै बढेको छ । एजेन्सी

प्रकाशित मिति:     ३ बैशाख २०७८, शुक्रबार  |    Himali Khabar