भारतकाे ओडिसाका १० जिल्लामा रात्रिकालीन कर्फ्यू

भारतकाे ओडिसाका १० जिल्लामा रात्रिकालीन कर्फ्यू

काठमाडौं, २१ चैत । भारतको ओडिसामा काेराेना संक्रमितकाे संख्या बढ्दै गएपछि राज्यका १० जिल्लामा रात्रकालीन कर्फ्यू लगाइएकाे छ।

साेमबारबाट लागु हुनेगरी बेलुका १० बजेदेखि बिहान पाँच बजेसम्म कर्फ्यू लगाइएकाे हाे।

ओडिसाकाे सुन्दरगढ, झर्सुगुडा, संबलपुर, बरगढ, बलांगिर, नुआपडा, कालाहाडी, नवरंगपुर, काेरापुट र मलकानगिरीमा कर्फ्यू लगाइएकाे हाे। कर्फ्यूकाे समयमा पसल, उद्याेग, कलकारखना र सार्वजनिक यातायात बन्द गरिएकाे छ। ओडिसामा पछिल्लाे २४ घण्टामा ४५२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ।

प्रकाशित मिति:     २१ चैत्र २०७७, शनिबार  |    Himali Khabar