माथिल्लो तामाकोशीमा पाइप जडानको काम चैत मसान्तसम्म सकिने

माथिल्लो तामाकोशीमा पाइप जडानको काम चैत मसान्तसम्म सकिने

काठमाडौं, १७ चैत। माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा चैत मसान्तसम्ममा पाइप जडान गर्ने काम सम्पन्न हुने भएको छ । डिजाइन परिवर्तन पश्चात आवश्यक करिब १० मिटर स्टिल पाईप आयोजना स्थलमा आइपुगेकोले चैत्र मसान्तसम्ममा सो पाइप तथा अन्य पाइप जडान गर्ने काम सम्पन्न हुने भएको हो ।

एक्सपान्सन ज्वाइनको सट्टा प्रयोग गरिने स्टिल पाइप आयोजना निर्माण स्थलमा बुधवार आइपुगेकोले अब चैत मसान्तसम्ममा पाइप जडानको काम सकिई कंक्रिटको काम सम्पन्न हुने माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा. गणेश प्रसाद न्यौपानेले जानकारी दिए ।

पाइप जडानको काम सम्पन्न भएपछि टनेलमा पानी भर्न सुरु गरिने छ । टनेलमा पानी भरेपछि आवश्यक परीक्षण पश्चात आयोजनाले परीक्षणको रुपमा विद्युत् उत्पादन गर्ने मिति भने भन्न सकिने अवस्था छ ।

आयोजनाले हेडवक्सका अधिकाम्श संरचनाहरु तथा विद्युत् गृह भित्रको एमएसओभी र एमआईभीको प्रेसर परीक्षण सम्पन्न गरिसकेको छ । चैत मसान्त भित्रै आयोजनाका छ वटा युनिट मध्ये एक युनिटबाट ७६ मेगावाट विद्युत् परीक्षणको रुपमा उत्पादन गर्ने आयोजनाको घोषित लक्ष्य भने केही दिन पछि धकेलिने निश्चित भएको छ ।

प्रकाशित मिति:     १७ चैत्र २०७७, मंगलवार  |    Himali Khabar