२७ वाणिज्य बैंकको ऋण लगानी ३४ खर्ब ३५ अर्ब रुपैयाँ

२७ वाणिज्य बैंकको ऋण लगानी ३४ खर्ब ३५ अर्ब रुपैयाँ

काठमाडौं, ११ चैत । वाणिज्य बैंकहरूको निक्षेप संकलन र कर्जा प्रवाह दुवै आक्रामक रूपमा बढेको छ । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांकअनुसार चैत पहिलो साता २७ वाणिज्य बैंकको कर्जा प्रवाह २३ अर्ब थपिएर ३४ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको छ । यस्तै निक्षेप संकलन १४ अर्ब थपिँदा कुल निक्षेप ३८ अर्ब ४० अर्ब पुगेको छ ।

फागुन चौथो साता कर्जा प्रवाह २४ अर्बले बढ्दा कुल कर्जा ३४ खर्ब १२ अर्ब पुगेको थियो । यस्तै ३ अर्ब निक्षेप थपिएर ३८ खर्ब २६ अर्ब पुगेको थियो । फागुन तेस्रो साता कर्जा प्रवाह निक्षेपको तुलनामा २६ अर्बले बढ्दा ३३ खर्ब ८८ अर्ब भएको थियो । सो अवधिमा निक्षेप १४ अर्बले थपिँदा ३८ अर्ब २३ अर्ब पुगेको थियो । यसैगरी फागुनको दोस्रो साता कर्जा प्रवाह २७ अर्बले बढेर ३३ खर्ब ६२ अर्ब पुगेको थियो । निक्षेप संकलन भने १० अर्ब थपिएर ३८ खर्ब ९ अर्ब पुगेको थियो ।

माघको पहिलो साता संकुचन आएपछिका प्रत्येक साता भने कर्जा प्रवाह बढ्दै गएको देखिन्छ ।

प्रकाशित मिति:     ११ चैत्र २०७७, बुधबार  |    Himali Khabar