प्रभु बैंक राष्ट्र बैंकको कारबाहीमा

प्रभु बैंक राष्ट्र बैंकको कारबाहीमा

काठमाडौं। नेपाल राष्ट्र बैंकले प्रभु बैंकलाई कारबाही गरेको छ। केन्द्रीय बैंकको व्यवस्था विपरीत प्रभु मनी ट्रान्सफर र बैंकबीच कारोबार भएको पाइएपछि कारबाहीमा परेको हो।

प्रभु बैंकले एकीकृत निर्देशन, २०७७ लाई उल्लंघन गर्दै बैंक र मनी ट्रान्सफरले आपसमा कारोबार गरेका थिए। यही विषयलाई लिएर केन्द्रीय बैंकको सुपरिवेक्षण विभागले प्रभु बैंकलाई कारबाही गरेको हो।

प्रकाशित मिति:     १७ असार २०७८, बिहीबार  |    Himali Khabar