१० महिनामा बैंक तथा वित्तीय संस्थाको कर्जा २३.८ प्रतिशतले बढ्याे

१० महिनामा बैंक तथा वित्तीय संस्थाको कर्जा २३.८ प्रतिशतले बढ्याे

काठमाडौं । पछिल्लो १० महिनामा नेपालका बैंक तथा वित्तीय संस्थाबाट नीजि क्षेत्रमा प्रवाहित हुने कर्जा २३.८ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक बर्षको सोही अवधिको तुलनामा यस्तो कर्जा ११.१ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको हाे ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक बर्षको १० महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजिक गर्दै यस्ताे जानकारी दिएको छ । समिक्षा अवधिमा नीजि क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकको कर्जा प्रवाह २४.१ प्रतिशत, विकास बैंकको २५.३ प्रतिशत र वित्त कम्पनीको ८.६ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाले लगानी गरिरहेका कर्जामध्ये घर जग्गाको धितोमा ६५.९ प्रतिशत र १२.४ प्रतिशत कृषि तथा गैह्रकृषिजन्य चालु सम्पत्तिको आधारमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक बर्षको १० महिनामा कृषितर्फ ३८.३ प्रतिशत, औद्योगिक उत्पादनतर्फ १७.४ प्रतिशत, निर्माण क्षेत्रतर्फ १५.१ प्रतिशत, यातायता, सञ्चार तथा सार्वजनिक क्षेत्रतर्फ १४.६ प्रतिशत, थोक तथा खुद्रा व्यपार तर्फ २२.५ प्रतिशत, सेवा उद्योगतर्फ १७.६ प्रतिशत नेपालका बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाहित गरेका छन् ।

प्रकाशित मिति:     १ असार २०७८, मंगलवार  |    Himali Khabar