हिमालयन र इन्भेष्टमेन्ट बैंक मर्जरका लागि राष्ट्र बैंकबाट सैद्दान्तिक सहमति

हिमालयन र इन्भेष्टमेन्ट बैंक मर्जरका लागि राष्ट्र बैंकबाट सैद्दान्तिक सहमति

काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकलाई मर्जरमा जान राष्ट्र बैंकले सैद्दान्तिक सहमति दिएको छ ।
राष्ट्र बैंकको सोमबार बसेको संचालक समितिको बैठकले हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकलाई मर्जरमा जानको लागि सैद्दान्तिक सहमति दिएको हो ।

राष्ट्र बैंकले दुई संस्थालाई मर्जरको लागि सैद्दान्तिक सहमति दिएको जानकारी दिए । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंक १:१ को अनुपातमा मर्जर गर्न तयार भएका हुन् ।

यस्तै राष्ट्र बैंकले नबिल बैंकलाई यूनाइटेड फाइनान्स गाभ्नको लागि पनि सैद्दान्तिक सहमति दिएको छ ।

प्रकाशित मिति:     १८ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar