निफ्राले कोरोना नियन्त्रणका लागि ४९ लाख रुपैयाँ सहयोग गर्ने

निफ्राले कोरोना नियन्त्रणका लागि ४९ लाख रुपैयाँ सहयोग गर्ने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक ( निफ्रा)लेे आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मुलुकमा फैलिरहेको कोभिड १९ को दोस्रो लहरको रोकथाम तथा नियन्त्रणका लागि सातै प्रदेश अस्पताल तथा आइसोलेसन केन्द्रहरुलाई आर्थिक सहयोग गरेको छ ।

बैंकले सातै प्रदेशका प्रति अस्पताल र आइसोलेसन केन्द्रलाई ७ लाखका दरले कुल ४९ लाख रुपैंया सहयोग दिएको हो ।
उल्लेखित सहयोग रकम प्रदेश १ मा दमक नगरपालिका, प्रदेश २ मा जनकपुर प्रादेशिक अस्पताल, वागमती प्रदेशमा पनौती नगरपालिका, गण्डकी प्रदेशमा गोरखा नगरपलिका, लुम्बिनी प्रदेशमा कपिलवस्तु नगरपालिका, कर्णाली प्रदेशमा वीरेन्द्रनगर नगरपलिका र प्रदेश ७ मा महाकाली अस्पताललाई प्रदान गरिएको बैंकले जनाएको छ ।

प्रकाशित मिति:     १४ जेष्ठ २०७८, शुक्रबार  |    Himali Khabar