अब बैंकले ५० हजारभन्दा कम डिपाेजिट नराख्ने

अब बैंकले ५० हजारभन्दा कम डिपाेजिट नराख्ने

काठमाडौं । निषेधाज्ञा अवधि भर बैंकका शाखाहरुले ५० हजारभन्दा कमको निक्षेप स्वीकार नगर्ने भएका छन्। निषेधाज्ञामा पनि बैंकको शाखामा भिडभाड भएपछि राष्ट्र बैंकको अनुमतिमा बैंकर्स संघले सीमित सेवाहरु मात्र दिने निर्णय गरेको हो।

बिहीबार एक सूचना प्रकाशित गर्दै बैंकर्स संघले खाताबाट पैसा झिक्ने सेवा दिने निर्णय गरेको जनाएको छ। यसबाहेक ५० हजारभन्दा माथिको निक्षेप मात्र जम्मा गर्ने सुविधा दिएको छ।

रकम स्थानान्तरण सुविधा दिने छ भने विप्रेषण भुक्तानी सेवा पनि दिने छ। अन्तर्राष्ट्रिय ब्यापारसँग सम्बन्धित सेवा दिने छ। यसबाहेक सबै बैंकिङ सेवा बन्द हुने छ।

प्रकाशित मिति:     ३० बैशाख २०७८, बिहीबार  |    Himali Khabar