हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्झौता, अब यस्तो हुनेछ बैंकको वित्तीय अवस्था ?

हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्झौता, अब यस्तो हुनेछ बैंकको वित्तीय अवस्था ?

काठमाडौं । दुई ठूला बैंक हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्झौता भएको छ। बाँकी सबै प्रक्रियाहरु आगामी दुई महिनाभित्र प्रक्रिया सक्ने एलफ्ट होटलमा आज मर्जर जनाइएको छ।

मर्जरपछि बैंकको नाम ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक’ रहनेछ। बैंकको अध्यक्षमा हालका इन्भेष्टमेन्टका अध्यक्ष पृथ्वीबहादुर पाण्डे रहनेछन् भने प्रमुख कार्यकारी अधिकृतमा हिमालयन बैंकका हालका अशोक शमशेर राणा नै रहनेछन्।

स्वाप रेसियो १ः१ नै हुनेछ। बैंकको कुल कर्जा प्रवाह २ खर्ब ९० अर्ब रुपैयाँ हाराहारी हुनेछ। यस्तै निक्षेप २ खर्ब ९८ अर्ब र ऋण २ खर्ब ८८ अर्ब रुपैयाँको हुने छ। यस्तै चुक्ता पुँजी करिब २५ अर्ब रुपैयाँ हुनेछ ।

प्रकाशित मिति:     ३० बैशाख २०७८, बिहीबार  |    Himali Khabar