हिमालयन र इन्भेष्टमेन्ट बैंक मर्जपछिको नाम र सिईओमा जुट्यो सहमति, केही दिनमा एमओयू

हिमालयन र इन्भेष्टमेन्ट बैंक मर्जपछिको नाम र सिईओमा जुट्यो सहमति, केही दिनमा एमओयू

काठमाडौं । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जका लागि नाममा सहमति जुटेको छ। मर्जर कमिटीको आज बसेको बैठकले ‘हिमालयन एण्ड इन्भेष्टमेन्ट बैंक’ नाम रहनेगरी सहमति जुटाएको स्रोतले जनाएको छ।

लामो छलफल पछि दुवै बैंकको नाम नमेटिनेगरी सहमति जुटाइएको मर्जर कमिटिएका एक सदस्यले बताए । अब केही दिनमा एमओयू बताइएको छ।

यस्तै मर्जरपछि बैंकको सिइओका सम्वन्धमा पनि सहमति जुटेको छ। हालका हिमालयन बैंकका सिइओ अशोक शमशेर राणाले थप दुई वर्षको कार्यकाल सम्हाल्ने र त्यसपछिको जिम्मा हालका इन्भेष्टमेन्ट बैंक सिइओ ज्योति पाण्डेले सम्हाल्नेगरी कमिटीमा सहमति जुटेको छ।

अध्यक्षमा भने यसअघि नै इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेलाई बनाउने सहमति बनेको थियो ।

स्वाप रेसियो बराबर हुनेगरी सहमति जुटिसकेको छ। हाल जुन बैंकको जति सेयर छ, मर्जपछिको बैंकको पनि सो व्यक्ति वा संस्थासँग उति नै सेयर हुनेछ।

प्रकाशित मिति:     १८ बैशाख २०७८, शनिबार  |    Himali Khabar