राष्ट्रिय वाणिज्य बैंकका सिईओसहित ५२ कर्मचारीमा कोरोना संक्रमण

राष्ट्रिय वाणिज्य बैंकका सिईओसहित ५२ कर्मचारीमा कोरोना संक्रमण

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका सिईओ किरणकुमार श्रेष्ठसहित बैंकका केन्द्र र शाखा कार्यालयका ५२ कर्मचारीलाई कोरोना संक्रमण भएको छ ।

कर्मचारीमा कोरोना देखिएका बैंकहरू स्थानीय तहको निर्णय अनुसार ३ देखि ५ दिनसम्म बन्द हुने बताइएको छ ।

बैंक पनि अतिआवश्यक सेवा भएकोले सरकारले निश्चित कर्मचारी उपस्थित भएर सञ्चालनको अनुमति दिएको छ ।

प्रकाशित मिति:     १६ बैशाख २०७८, बिहीबार  |    Himali Khabar