निषेधाज्ञाका बेला एनआइसी एशिया बैंकको ‘एकिकृत हेल्प डेस्क’ सेवा सञ्चालन

निषेधाज्ञाका बेला एनआइसी एशिया बैंकको ‘एकिकृत हेल्प डेस्क’ सेवा सञ्चालन

काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यका सहित देशमा विभिन्न स्थानहरूमा निषेधाज्ञा जारी गरेको अवस्थामा एनआईसी एशिया बैंकले सहजरुपमा बैंकिङ्ग सेवा उपलब्ध गराउन ‘एकिकृत हेल्प डेस्क’ सेवा सञ्चालनमा ल्याएको छ ।

ग्राहकको सुविधालाई ध्यानमा राख्दै अत्यावश्यक सेवाहरू थप सहज र सुरक्षित तवरले उपलब्ध गराउन हेल्प डेस्कको स्थापना गरेको बैंकले जनाएको छ । बैंकको शाखासम्म आउन मुस्किल भएका ग्राहकले बैंकको डिजिटल माध्यमहरू अधिकतम बैंकिङ्ग सेवाहरू लिन सक्नेछ।

डिजिटल माध्यमबाट सेवा लिन कठिनाइ भएमा,सेवा सम्बन्धी गुनासो भएमा , सेवाका बारेमा जानकारी लिनु परेमा ग्राहकले बैंकले खटाएका अधिकारीहरुसँग सम्पर्क गर्न सकिने भएको छ । केन्द्रीय तहबाट मात्रै ग्राहकहरूको समस्या तथा गुनासाहरू समाधान नहुने वा समय धेरै लाग्न सक्ने कुरालाई मध्यजनर राख्दै बैंकले प्रादेशिक तथा उपप्रादेशिक तहमा रहेका उच्च तहका कर्मचारीहरुको नेतृत्वमा सहायता केन्द्रको स्थापना गरेको बैंकले जनाएको छ ।

प्रकाशित मिति:     १६ बैशाख २०७८, बिहीबार  |    Himali Khabar