आरम्भ चौतारीले ८.८५ प्रतिशत लाभांश दिने, अध्यक्षमा पुनः पोखरेल

आरम्भ चौतारीले ८.८५ प्रतिशत लाभांश दिने, अध्यक्षमा पुनः पोखरेल

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले ८.८५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। संस्थाको पाँचौ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६र०७७ सम्मको मुनाफाबाट प्रस्ताव गरिएको ८.८५ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो।

काभ्रेपलाञ्चोकको बनेपामा केन्द्रीय कार्यालय रहेको संस्थाको हाल कम्पनीको चुक्तापूँजी २६ करोड ३४ लाख ४८ हजार रुपैयाँ रहेको छ ।

यस्तै साधारण सभाले संस्थापक अध्यक्ष जगत पोखरेलसहित ६ जनालाई नयाँ संचालक समितिको सदस्यमा निर्विरोध निर्वाचित गरेको छ।

प्रकाशित मिति:     २ बैशाख २०७८, बिहीबार  |    Himali Khabar