सेन्चुरी बैंकद्वारा भक्तपुरको टौमढी युथ क्लबलाइ माक्स र स्यानिटाईजर प्रदान

सेन्चुरी बैंकद्वारा भक्तपुरको टौमढी युथ क्लबलाइ माक्स र स्यानिटाईजर प्रदान

काठमाडौं । सेन्चुरी बैंक लिमिटेडको भक्तपुरस्थित सुकुलढोका शाखाले माक्स र स्यानिटाईजर वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सुकुलढोका शाखाका शाखा प्रमुख सुकेश शाक्यले टौमढी युथ क्लबका अध्यक्ष शिवराम भुजुलाई माक्स एवं स्यानिटाईजर हस्तान्तरण गरेका हुन् ।

नयाँ वर्ष २०७८ सालको पूर्व सन्ध्यामा भक्तपूर जिल्लामा मात्र लाग्ने ऐतिहासिक बिस्का जात्रामा कोरोनाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै बैंकको उक्त शाखाले खाने पानी, माक्स र स्यानिटाईजर वितरण गरेको जनाएको छ ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विभिन्न क्षेत्रहरुमा सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति:     ३१ चैत्र २०७७, मंगलवार  |    Himali Khabar