डेभलपमेन्ट बैंकर्स एशोसिएशनको अध्यक्षमा पोखरेल

डेभलपमेन्ट बैंकर्स एशोसिएशनको अध्यक्षमा पोखरेल

काठमाडौं, २५ चैत । डेभलपमेन्ट बैंकर्स एशोसिएशन नेपालको अध्यक्षमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल निर्वाचित भएका छन् । पोखरेलसहित अन्य पदाधिकारी पनि सर्वसम्मत निर्वाचित भएको जनाएको छ ।

एसोसिएसनको मंगलबारको पन्ध्रौं वार्षिक साधारणसभाले उपाध्यक्षमा सुयोग श्रेष्ठ, सचिवमा वोधराज देवकोटा, कोषाध्यक्षमा प्रवीण बस्नेतलाई चयन गरेको छ । यस्तै, सदस्यहरूमा नरेशसिंह बोहरा, प्रकाश पौडेल, श्रीचन्द्र भट्ट, नवीन सुवेदी र उमेश कुमार आचार्य निर्वाचित भएका छन् ।

१५ सदस्य विकास बैंकमध्ये १४ सदस्य विकास बैंकका प्रमुख कार्यकारी अधिकृतको उपस्थितिमा उक्त निर्वाचन सम्पन्न भएको हो ।

प्रकाशित मिति:     २५ चैत्र २०७७, बुधबार  |    Himali Khabar