राष्ट्र बैंकले आज आठ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने

राष्ट्र बैंकले आज आठ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने

काठमाडौं, १६ चैत । नेपाल राष्ट्र बैंकले आज आठ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियामार्फत उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो । बैंकका अनुसार २८ दिने अवधिका लागि पाँच अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागिएको छ । सो बिल आगामी वैशाख १४ गते परिपक्व हुनेछ ।

यस्तै १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल भने ९१ दिनका लागि बिक्री गर्न लागिएको हो । उक्त बिल आगामी असार १५ गते परिपक्व हुनेछ ।

यस्तै एक सय ८२ दिनका लागि तीन अर्ब रुपैयाँ बराबरको बिल बिक्री गरिनेछ । उक्त बिल आगामी असोज १२ गते परिपक्व हुनेछ ।

प्रकाशित मिति:     १६ चैत्र २०७७, सोमबार  |    Himali Khabar