नेपाली बैंकहरुले दिन थालेको डलर कार्ड लिन केके चाहिन्छ ?

नेपाली बैंकहरुले दिन थालेको डलर कार्ड लिन केके चाहिन्छ ?

काठमाडौं, १२ चैत । नेपाल राष्ट्र बैंकको निर्देशनपछि बैंकहरुले ग्राहकलाई प्रिपेड डलर कार्ड प्रदान गर्न थालेका छन्। हालसम्म एनएमबि र नबिल बैंकहरुले यस्तो कार्डको सुरुवात गरिसकेका छन् । अरु वाणिज्य र विकास बैंकहरुले पनि कार्ड प्रदान गर्ने तयारीमा छन् ।

यो कार्ड लिएपछि अनलाइनबाट खरिद गरिने विदेशी सामान तथा सेवाको शुल्क भुक्तानी गर्न पाइन्छ। अलिबाबा, अमेजन लगायत अनलाइन सपिङमार्फत खरिद गरिएको सामानको भुक्तानी कार्डबाट गर्न सकिने छ । त्यस्तै अनलाइनबाट गरिने विज्ञापन लागतको शुल्क पनि कार्डमार्फत भुक्तानी गर्न सकिन्छ।

यस्तो डलर कार्ड लिनका लागि बैंकमा खाता र पान नम्वरआवश्यक हुन्छ । खाता नभएको अवस्थामा खाता खोल्न सकिन्छ। एनएमबि बैंकले कार्ड जारी गर्दा कार्डको शुल्क ५ सय रुपैयाँ र अर्को ५ सय रुपैयाँ कारोबार शुल्क लिइन्छ। एक वर्षपछि कार्ड नवीकरण गरिन्छ। नवीकरण गर्दा कार्डको शुल्क लाग्दैन। तर कारोबारवापतको थप ५ सय रुपैयाँ शुल्क लाग्ने छ ।

खर्च गर्न मिल्नेगरी कार्डमा ५ सय अमेरिकी डलरसम्म ‘लोड’ हुन्छ।

प्रकाशित मिति:     १२ चैत्र २०७७, बिहीबार  |    Himali Khabar