राष्ट्र बैंकले तीन अर्ब ४५ करोड मुद्दती निक्षेपमा राख्‍ने

राष्ट्र बैंकले तीन अर्ब ४५ करोड मुद्दती निक्षेपमा राख्‍ने

काठमाडौं, ११ चैत । नेपाल राष्ट्र बैंकले तीन अर्ब ४५ करोड रुपैयाँ मुद्दती निक्षेपका रुपमा लगानी गर्ने भएको छ । बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्न लागेको हो ।

बैंकले आज एक सूचना प्रकाशित गर्दै तोकिएको सीमाभित्र रही सिलबन्दी प्रस्ताव पेश गर्न भनेको छ । बैंकले २०७८ वैशाख २ गतेदेखि २०७९ वैशाख १ गतेसम्म उक्त परिमाणको रकम मुद्दती खातामा राख्ने छ । राष्ट्र बैंकका अनुसार ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीलाई रु १७ करोड २५ लाख, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ५१ करोड ७५ लाख र ‘क’ वर्गका वाणिज्य बैंकमा दुई अर्ब ७६ करोड रुपैयाँ राख्ने छ ।

प्रकाशित मिति:     ११ चैत्र २०७७, बुधबार  |    Himali Khabar