सार्वजनिक यातायातको भाडा १३ प्रतिशत बढ्ने

सार्वजनिक यातायातको भाडा १३ प्रतिशत बढ्ने

काठमाडौं । सार्वजनिक यातायातको भाडा बढाउन यातायात व्यवस्था विभाग नै लागिपरेको छ। इन्धनको मूल्यमा हुने उतारचढावसँगै यात्रु भाडादर समायोजन गर्ने गरी स्वचालित प्रणाली लागू गर्न विभागले मन्त्रालयलाई प्रस्ताव गरेको हो। विभागले कम्तीमा १३ प्रतिशत भाडा बढाउनुपर्ने प्रस्ताव गरेको छ।

विभागले वैज्ञानिक भाडादर लागू गर्न समायोजन अध्ययन प्राविधिक समितिले तयार पारेको प्रतिवेदन मन्त्रालयमा बुझाएको विभागका एक अधिकारीले बताए।

प्रस्ताव कार्यान्वयन भएमा भाडादर ११ देखि १३ प्रतिशतसम्म वृद्धि हुने आकलन गरिएको छ। इन्धन मात्र होइन, १३ सूचकका आधारमा भाडादर समायोजन गर्नुपर्ने प्रस्तावमा उल्लेख छ। प्रत्येक वर्षको अन्तिम महिनामा यात्रु भाडादर समायोजन गर्ने बताइएको छ ।

प्रकाशित मिति:     १४ चैत्र २०७८, सोमबार  |    Himali Khabar