आयल निगमको कार्यकारी निर्देशकका लागि १७ जनाको आवेदन

आयल निगमको कार्यकारी निर्देशकका लागि १७ जनाको आवेदन

काठमाडौं । नेपाल आयाल निगमको कार्यकारी निर्देशक बन्नका लागि १७ जना आकाङ्क्षीले निवेदन दिएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त पदका लागि गत २५ पुसमा आवेदन खुलाएको थियो । २४ पुसदेखि रिक्त रहेको उक्त पदका लागि निवेदन दिन मन्त्रालयले माघ १६ गतेसम्म समय दिएको थियो ।

आवेदकहरु जीवन प्रकाश सिटौला, विष्णुबाबु मिश्र, हरिभक्त शाही, प्रा.डा. लक्ष्मण पौडेल, लोकबहादुर खड्का र लोकराज पाठक छन् । यस्तै निगमको कार्यकारी बन्ने दौडमा कृष्णप्रसाद यादव, तारानाथ पौडेल, चित्तरन्जन दास, रामदेव यादव, डा. चण्डिकाप्रसाद भट्ट, उमेशप्रसाद थानी, पंकजकुमार दास, हरिवंश आचार्य, आनन्दप्रसाद चन्द, भुपेन्द्रकुमार अर्याल र सन्जय कुमार पनि छन् ।

प्रकाशित मिति:     १८ माघ २०७८, मंगलवार  |    Himali Khabar