७७ हवल्दार प्रहरी सहायक निरीक्षकमा बढुवा सिफारिस

७७ हवल्दार प्रहरी सहायक निरीक्षकमा बढुवा सिफारिस

काठमाडौं, १६ फागुन । नेपाल प्रहरीका ७७ जना प्रहरी हवल्दारलाई प्रहरी सहायक निरीक्षकमा बढुवाका लागि सिफारिस गरिएको छ । शुक्रवार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी तर्फका प्रहरी हवल्दारहरुलाई प्रहरी सहायक निरिक्षमा बढुवाका लागि सिफारिस गरेको हो ।

प्रहरी प्रधान कार्यालय बढुवा समिति सचिवालयले प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ९४० को प्रावधान अनुसार बढुवा सिफारिस सूची प्रकाशित गरिएको जानकारी दिएको छ ।

प्रकाशित मिति:     १६ फाल्गुन २०७७, आईतवार  |    Himali Khabar