राजस्व सचिवमा कृष्णहरि पुष्कर

राजस्व सचिवमा कृष्णहरि पुष्कर

काठमाडौं। सरकारले अर्थमन्त्रालयको राजस्व सचिवमा कृष्णहरि पुष्करलाई ल्याएको छ। रामशरण पुडासैनीले अवकाश पाएपछि रिक्त रहेको सो पदमा सरकारले उनलाई ल्याएको हो ।

२०५३ सालमा निजामती सेवामा प्रवेश गरेका पुष्कर केही महिना अघि मात्रै सचिवमा बढुवा भएका थिए । यसअघि उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अतिरिक्त सचिव थिए।

प्रकाशित मिति:     ११ भाद्र २०७८, शुक्रबार  |    Himali Khabar