काठमाडौं । त्रिभुवन विमानस्थल प्रशासनले विमानस्थल क्षेत्रभित्र यात्रामा निस्कने आफन्तको बिदाई कार्यक्रम नगर्न आग्रह गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै त्रिभुवन विमानस्थल कार्यालयले विमानस्थलमा भिडभाड कम गर्न बिदाई कार्यक्रम नगर्न नभएको हो । अत्यावश्यक अवस्थामा बाहेक विमानस्थल प्रवेश नगरी सहयोग गर्न समेत कार्यालयले आग्रह गरेको छ ।
विमानस्थलमा आवतजावत गर्दा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न समेत कार्यालयले आग्रह गरेको छ । शरीरको तापक्रमको मापन गरेर मात्र टर्मिनल भवन भित्र प्रवेश गर्न र सेनिटाइजरको प्रयोग अनिवार्य रुपमा गर्न समेत भनिएको छ । लाइनमा बस्दा भिडभाड नगर्न, तोकिएको मार्किङरसांकेतिक पाइला पच्छ्याउन र अन्य स्थानमा रहँदा समेत भौतिक दूरी कायम गर्न समेत आग्रह गरिएको छ । कोभिड महामारी बढ्दै जाँदा विमानस्थलमा हुने अधिक भिडभाडले समेत कोरोना सर्न सक्छ ।