रेल्वे कम्पनीका महाप्रबन्धकले स्पष्टिकरण पनि नदिने, राजीनामा पनि तत्काल नदिने

रेल्वे कम्पनीका महाप्रबन्धकले स्पष्टिकरण पनि नदिने, राजीनामा पनि तत्काल नदिने

काठमाडौं । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराइले सरकारले सोधेको स्पष्टिकरणको जवाफ नदिने बताएका छन्। सोमबार पत्रकार सम्मेलन गर्दै महाप्रबन्धक भट्टराइले सरकारले राजनीतिक स्पष्टिकरण सोधेकाले त्यसको जवाफ दिन नमिल्ने बताए।

सरकारले उनलाई कर्मचारीको आचरण विरुद्ध काम गरेको भन्दै स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो। साउन १९ गते बसेको मन्त्रीपरिषदको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। सोही निर्णय बमोजिम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आइतबार महाप्रबन्धक भट्टराइसंग तीन दिनभित्र पेश गर्ने गरे लिखित स्पष्टिकरण मागेको छ।

इमान्दारीपूर्वक काम नगरेको, अदालतको फैसलाको सम्बन्धमा अमर्यादित टिकाटिप्पणी गरेको, राजनीतिक दल र त्यसका पदाधिकारीलाई अशोभनीय र गाली गलौजको शैलीमा टिप्पणी गरी सार्वजनिक पदाधिकारीले पालना गर्नुपर्ने आचरणविरुद्ध कार्य गरेकाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्बद्ध सार्वजनिक निकायको पदाधिकारी नियुक्ती तथा मनोनयन सम्बन्धी मापदण्ड २०७७ को दफा ९ को खण्ड (घ) बमोजिम खराब आचरण तथा इमान्दारीपूर्वक जिम्मेवारी अनुरुप काम नगरेक आधारमा महाप्रबन्धक पदबामट किन नहटाउने भनी स्पष्टीकरण सोधिएको छ।

उनको कार्यक्षमता वा कार्य सम्पादनको विषयमा केही उल्लेख नगरी सामाजिक संजालमा सरकारविरुद्ध लेखेको भनेर स्पष्टिकरण सोधिएकाले जवाफ नदिने बताए। राजीनामा दिनुपरे मंगलबारसम्म समय रहेकाले निर्णय गर्ने उनको भनाइ छ।

प्रकाशित मिति:     २५ श्रावण २०७८, सोमबार  |    Himali Khabar