काठमाडौं । सरकारले असार अन्तिमदेखि कोरोना सङ्क्रमण दर घट्दै गएका कारण अहिले अधिकांश जिल्लामा निषेधाज्ञा खुकुलो पार्दै लगेको छ ।
गत वैशाखबाट नेपालका ७७ वटै जिल्लामा शुरुभएको निषेधाज्ञा अहिले ५८ जिल्लामा मात्र लागू भएको छ । जसमा बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बागलुङ, बर्दिया, सल्यान र डडेल्धुरामा जिल्लामा निषेधाज्ञा जारी छ ।
यसैगरी, झापा, मोरङ, गुल्मी, प्यूठान, काभ्रेपलाञ्चोक, गोरखा, उदयपुर, पर्वत, मकवानपुर, कालिकोट स्याङ्जा रामेछाप, नुवाकोट, धनुषा, अर्घाखाँची, बैतडी, महोत्तरी, डोटी नवलपरासी पूर्व, म्याग्दी, मुगु, तनहुँ, सिरहा, नवलपरासी पश्चिम, इलाम, सिन्धुपाल्चोक र धनकुटामा पनि निषेधाज्ञा लागू छ ।
अछाम, हुम्ला, धादिङ, रौतहट, संखुवासभा, सर्लाही, सिन्धुली, ओखलढुंगा, पाँचथर, सोलुखुम्बु, तेह्रथुम जिल्लामा निषेधाज्ञान थप गरिएको गृहमन्त्रालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।