निषेधाज्ञामा कर नतिर्नेलाई जरिवाना नगर्न निजि क्षेत्रको दबाब

निषेधाज्ञामा कर नतिर्नेलाई जरिवाना नगर्न निजि क्षेत्रको दबाब

काठमाडौं। निषेधाज्ञा अवधिमा कर नबुझाउने व्यवसायीलाई जरिवाना नलगाउन निजी क्षेत्रका छाता संगठनले दबाब दिएका छन्।

निजि क्षेत्रका तीन छाता संगठन उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्स र उद्योग परिसंघले संयुक्तरुपमा एक विज्ञप्ति निकाल्दै कर नबुझाउनेलाई जरिवाना नगर्न दबाब दिएका हुन्।

“निषेधाज्ञा अवधिमा कर बुझाउन नसक्ने व्यवसायीलाई जरिवाना नलगाउनुहोस्।” भनेका छन् । गएको बैशाख १६ देखि काठमाडौं उपत्यकासहित मुलुका विभिन्न भागमा निषेधाज्ञा लागू गरिएको छ ।

प्रकाशित मिति:     २७ जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar