काठमाडाैं । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जयनारायण आचार्यकाे मुद्दामा बनेकाे नजीर पुनरावलाेकन भएकाे छ । सर्वाेच्चकाे बृहत् पूर्ण इजलाशले आचार्यकाे मुद्दामा भएकाे नजीरमा नयाँ व्याख्या गरेकाे हाे । तर, यसले आचार्यले सर्वाेच्च अदालतबाट सफाइ पाउने गरि भएकाे फैसलामा भने फरक पार्ने छैन । यसबारे बृहत् पूर्ण इजलाशले गरेकाे फैसलाकाे पूर्णपाठमै प्रष्ट व्याख्या गरिएकाे छ ।
फैसलामा भनिएको छ, ‘मुद्दाको फैसला र सो फैसलामा गरिएको व्याख्याका आधारमा यसअघि अन्तिम भइसकेका फैसलाहरूमा प्रतिकूल प्रभाव नपर्ने गरी जयनारायण आचार्यविरुद्ध नेपाल सरकारको मुद्दामा भएको पूर्ण इजलासको व्याख्या आजैका मितिदेखि लागू हुने गरी अमान्य हुनुपर्ने देखियो ।’ अदालतले फरक सन्दर्भमा नजीर पुनरावलाेकन गर्नु कानुनी रूपमा सामान्य मानिन्छ । तर, त्यसले त्यसअघि भएका फैसलामा भने असर गर्दैन ।
फैसलाले आचार्यकाे मुद्दा मात्र हाेइन कि यसअघि उनकाे मुद्दामा बनेकाे नजिरका आधारमा यसअघि भएका अन्य फैसलामा समेत कुनै असर नपर्ने फैसलामा उल्लेख छ । नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीले पहिल्यै अन्तिम भइसकेका फैसलाहरूमा प्रतिकूल प्रभाव नपर्ने गरी भन्ने वाक्य प्रयोग भएकाले आचार्यलाई कुनै असर नगर्ने बताए । उनले भने, ‘जयनारायण आचार्यको हकमा मुद्दा सकिसक्यो । त्यसमा कुनै प्रतिकूल असर पर्दैन भनेर फैसलामै भनिएको छ । जुन सिद्धान्त प्रतिपादन भएको छ अर्थात् लाभ नै नलिए पनि त्यस्तो प्रमाणपत्र पेस गरेमा त्यो भ्रष्टाचार हुन्छ भनेको छ, त्योचाहिँ नयाँ भयो, त्यो नजिर भयो ।’
प्रहरी नायब निरीक्षक निरबहादुर अधिकारीको मुद्दामा फैसला गर्दा उनले पेश गरेकाे शैक्षिक प्रमाणपत्रसम्बन्धि विवादमा नजिरका रूपमा पेश गरिएकाे आचार्यकाे फैसलाकाे सन्दर्भमा बाेलिएकाे छ ।
एउटा इजलासबाट भएको नजिरलाई अर्कोले अमान्य घोषित गर्न सक्छ, पुरानो नजिर कायम नरहन सक्छ । तर, पहिलेको फैसला भने प्रभावित नहुने रेग्मीले बताए ।
कर्णालीकाे दुर्गम भेग जुम्लामा रहेकाे कनकासुन्दरी माविबाट विद्यालय तहकाे शिक्षा सकेका आचार्यले आइए,बिएड,एम .एड, राजनीति शास्त्रमा एमए र मानव शास्त्रमा एमए गरेका छन् । ती सबै परिक्षामा आचार्यले उत्कृष्ट अंक ल्याएका छन् । दक्षिण काेरियाकाे सउल नेशनल यूनिभर्सिटी काेरियामा स्नातकाेत्तर तहमा अध्ययन गर्दा आचार्य गाेल्डमेडलिस्ट भए । अध्ययनमा उत्कृष्ट आचार्य आफ्नाे कार्यक्षेत्रमा पनि सँधै उत्कृष्ट ठहरिएका छन् सहसचिव खुलामा १ नम्बरमा सिफारिस भएका आचार्यले नेपाल- चीन सीमा विवादमा संयाेजक भई काम गरे । हाल काठमाडौं जिल्ला प्रशासन कार्यालयमा प्रमुख रहेका आचार्य रहेपछि सेवा प्रवाहमा चुस्तता आएकाे सेवाग्राही नै बताउँछन् ।