३ एसएसपीको सरुवा 

३ एसएसपीको सरुवा 

काठमाडौं। नेपाल प्रहरीका तीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरुको सरुवा गरिएको छ ।

गृहमन्त्रीस्तरीय निर्णयबाट  भारतको दिल्लीस्थित नेपाली दूतावासमा एसएसपी सन्जीव शर्मा दासलाई पठाइएकोछ । 

यसअघि दिल्ली दूतावासमा रहेका उमाप्रसाद चतुर्वेदीको भने काठमाडौं उपत्यका ट्राफिक कार्यालय रामशाह पथमा सरुवा गरिएको छ ।

त्यसैगरी प्रहरी हेडक्वाटरको कार्य विभागमा रहेका एसएसपी दीपक बस्नेतलाई प्रदेश प्रहरी कार्यालय नेपालगञ्जमा पठाइएको छ ।

प्रकाशित मिति:     २२ आश्विन २०८१, मंगलवार  |    Himali Khabar