काठमााडौं । नागरिक उड्डयन प्राधिकरणको केन्द्रीय कार्यालय सिनामंगलमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । अख्तियारले बुधबार दिउँसो प्राधिरकणको केन्द्रीय कार्यालय सिनामंगलमा छापा मारेर विमानस्थल निर्माण र भवन निर्माणसँग सम्बिन्धित कागजात नियन्त्रणमा लिएको छ ।
प्राधिकरणले पोखरा र भैरहवा विमानस्थल निर्माणमा अनियमितता गरेको, केन्द्रीय कार्यालय निर्माणमा समेत उजुरी परेपछि अख्तियारले छापा मारेर आवश्यक कागजात लिएको हो ।
‘अख्तियारले विभिन्न विमानस्थल निर्माणको परियोजना र नागरिक उड्डयन प्राधिकरणको भवन निर्माणको अनियमितताबारे उजुरी अनुसन्धानको सिलसिलामा कागजात माग भएकोर सो कागजात उपलब्ध नगराएपछि छापा मारेको अख्तियार स्रोतले जानकारी दिएको छ।
संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको दुई उपसमितिले पोखरा र भैरहवा विमानस्थल निर्माणको विषयमा छानविन गरिरहेको छ । उक्त छानविनले पनि विमानस्थल निर्माणमा अनिमिता भएको निकर्ष सहितको प्रतिवेदन बनाइरहेको छ ।
प्राधिरकणका महानिर्देशक प्रदीप अधिकारीले पोखरा विमानस्थल निर्माण गर्दा अनियमिता गरेको गुनासोको आधारमा अख्यिारले अनुसन्धान गरिरहेको छ । अधिकारीले अनुसन्धानका लागि थप कागजात उपलब्ध नगराएको कारण अख्तियारले छापा मारेको उल्लेख छ ।