काठमाडौं । इञ्जिनियरहरुको छाता संगठन नेपाल इञ्जिनियर्स एसोसियसनका लागि नेपाली कांग्रेस निकट सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) ले सुवासचन्द्र बरालकाे अध्यक्षतामा उम्मेदवारी घाेषणा गरेकाे छ । बुधबार ललितपुरमा उमेदवारी घाेषणा सभा गर्दै प्यानल नै सार्वजनिक गरेकाे हाे ।
घाेषणासभामा बाेल्दै अध्यक्षका उमेदवार बरालले आफ्नाे २४ वर्ष लामाे पेशागत अनुभवलाई संस्थाकाे गरिमा वृद्धि गर्न, इञ्जिनियरहरूकाे हकहितकाे रक्षा गर्दै देश निर्माणमा प्रयाेग गर्ने बताउनुभयाे । सिडेनले नेपाल इन्जिनियर्स एसाेसियसनकाे सबलिकरण, इञ्जिनियरहरूकाे क्षमता अभिवृद्धि तथा पेशागत सहयाेग, एकता सहकार्य तथा गुणस्तरसहितकाे सामाजिक आदर्श निर्माण र हकहितकाे संरक्षण तथा पैरवी गर्ने प्रतिवद्दता पनि सार्वजनिक गरेकाे छ ।
इञ्जिनियर सुवास चन्द्र बराल अध्यक्ष, इ.प्रकाश केसी उपाध्यक्ष र विनोद प्रकाश पण्डित महासचिव छन् । अध्यक्षका उमेदवार चितवन निवासी बराल २ दशकदेखि उर्जाक्षेत्रमा सक्रिय रहँदै आएका छन । महासचिव पण्डित सिडेनका पूर्वमहासचिव समेत हुन् ।
भदौ २८ गते ३४ औं कार्यकारिणी समिति र तेस्रो प्रादेशिक कार्यकारिणी समितिका लागि निर्वाचन हुँदैछ । लोकतान्त्रिक समुहले सहमतिमै प्यानल टुंगो लगाएको हो । इन्जिनियरिङ एसोसियसनमा यसअघि लोकतान्त्रिक समूहको प्यानलनै विजयी भएको थियो ।
त्यस्तै बाग्मति प्रदेश तेस्राे प्रदेश कार्यकारिणी समितिका लागि इञ्जिनियर बलराम पुडासैनी अध्यक्ष, विभूषण चालिसे उपाध्यक्ष,सचिवमा विवेक श्रेष्ठ, सहसचिवमा दिपक भट्ट, काेषाध्यक्षमा निर्मला लामा तामाङ र प्रदेशबााट प्रदेश प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यमा मेघनाथ ढकाल लगायतकाे प्यानल घाेषणा भएकाे छ ।