बजेट अधिवेशन बोलाउन किन ढिला गर्दै सरकार ?

बजेट अधिवेशन बोलाउन किन ढिला गर्दै सरकार ?

काठमाडौं । सरकारले संसद अधिवेशन बोलाउने कुनै सुरसार नदेखाए पनि संघीय संसद सचिवालयले बजेट अधिवेशनको आवश्यक सबै तयारी गरेको छ ।

संविधान अनुसार, संघीय संसदको प्रतिनिधिसभामा जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्छ । तर अहिलेसम्म सरकारले बजेट अधिवेशन आव्हान गरेको छैन । तर संघीय संसद सचिवालय भने अधिवेशनका लागि तयारी अवस्थामा छ ।

सचिवावयले अब समय घर्किसकेकाले प्रि–बजेट छलफल चलाउन नसकिने बताएको छ । प्रवक्ता डाक्टर रोजनाथ पाण्डेलले नीति तथा कार्यक्रम र बजेटका कुरामा दलीय सहमति गरी छलफल छोटो बनाएर काम गर्न सकिने भए पनि प्रि–बजेट छलफलका लागि भने समय घर्किसकेको बताए ।

प्रकाशित मिति:     ३ जेष्ठ २०७८, सोमबार  |    Himali Khabar