देश संकटमा पर्दा परदेशीको साथ, राहत लिएर जाजरकोट जाँदै माल्टा कम्युनिटी

देश संकटमा पर्दा परदेशीको साथ, राहत लिएर जाजरकोट जाँदै माल्टा कम्युनिटी

काठमाडौं । नेपाल माल्टा कम्युनिटीले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको राहत र पुनस्थापनामा सहयोग गर्ने भएको छ । नेपाल माल्टा कम्युनिटीको आकस्मीक बैठकले भूकम्प पीडितलाई राहत सामग्रीसहित घटनास्थल जाने निर्णय गरेको हो ।

संस्थाका संयोजक ललितजंग पाण्डे नेपालमै रहेकाले तत्काल राहत सामग्रीसहित जाजरकोट पठाउने निर्णय भएको हो । कम्युनिटीका सल्लाहकार बाबु अर्यालले माल्टामा रहेका नेपाली र आवद्व संघ संस्थालाई आवश्यक साथ र सहयोगको अपिल गर्ने निर्णय भएको जानकारी दिनुभयो । पीडितको पीडामा थोरै भए पनि मल्हम लगाउन परदेशीयका नेपालीले साथ दिनु दायीत्व भएको बताउँदै सल्लाहकार अर्यालले राहत संकलन र हस्तान्तरणका लागि संस्थाका संयोजक पाण्डेलाई घटनास्थलमा खटाइएको जानकारी दिनुभयो ।

अर्यालले मानवियताका आधारमा संकटमा रहेका नेपाली दाजुभाइ दिदिबहिनीको जीवन रक्षाका लागि सबैको साथ आवश्यक रहेको बताउदै यसका लागि माल्टाबासी नेपालीले सकेको सहयोग गर्ने बताउनुभयो ।

यसैबीच एनआरएनए माल्टाका निवर्तमान अध्यक्ष एवं आइसीसी सदस्य भुवन अर्यालले नेपालको जाजरकोटमा गएको विनाशकारी भुकम्प पीडितलाई तत्काल राहत र पुनस्थापनाका लागि गम्भिर भएर लाग्न सरकारलाई आग्रह गर्नुभएको छ । अर्यालले देश संकटमा परेका बेला परदेशीएका नेपालीले सक्दो साथ दिने बताउँदै माल्टाबासी नेपालीले सक्दो सहयोग गर्ने प्रतिवद्वता जनाउनुभएको छ ।

प्रकाशित मिति:     १८ कार्तिक २०८०, शनिबार  |    Himali Khabar