पेट्रोल प्रतिलिटर ११८ र डिजेल १०१ रुपैयाँ पुग्यो

पेट्रोल प्रतिलिटर ११८ र डिजेल १०१ रुपैयाँ पुग्यो

काठमाडौं, ४ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल तथा डिजेल/मट्टितेलको साबिकको मूल्यमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढेको छ ।

अब पेट्रोलको मूल्य प्रतिलिटर ११८ र डिजेलको १०१ रुपैयाँ पुगेको छ ।

हवाई ईन्धन (आन्तरिक उडानतर्फ)को साविकको मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेर ७४ रुपैयाँ कायम गरिएको छ ।एलपी ग्यास तथा हवाई इन्धन (आन्तर्राष्ट्रिय उडान तर्फ)को खुद्रा बिक्री मूल्य यथावत नै कायम राखिएको छ ।

प्रकाशित मिति:     ४ चैत्र २०७७, बुधबार  |    Himali Khabar