राष्ट्र बैंकले डिजिटल भुक्तानी सेवा संचालनका लागि आइक्यासलाई दियो अनुमति

राष्ट्र बैंकले डिजिटल भुक्तानी सेवा संचालनका लागि आइक्यासलाई दियो अनुमति

काठमाडौं, ३ चैत । नेपाल राष्ट्र बैंकले आइक्यास प्रालिलाई नेपालमा डिजिटल माध्यमबाट भुक्तानी सेवा प्रदान गर्नका लागि अनुमतिपत्र प्रदान गरेको छ। राष्ट्र बैंकको भुक्तानी तथा फर्छयौट विनियमावली २०७२ बमोजिम आइक्यास प्रालिले दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी सेवाको कार्य गर्न अनुमति प्राप्त गरेको हो।

२०७७ साल साउन ६ गते दर्ता भएको यो कम्पनीले नियामक राष्ट्र बैंकबाट अनुमति प्राप्त गरेसँगै अबको केही दिनमै आफ्नो सेवा सेवाग्राहीमाझ ल्याउने भएको छ। डिजिटल भुक्तानीका अलावा कम्पनीले आइक्यासलाई डिजिटल बैंकिङकै परिस्कृत रुपमा अगाडि बढाउने बताइएको छ ।

आइक्यास प्रालिले सञ्चालन गर्ने आइक्यास मोबाइल एप र आइक्यासको वेब प्लेटफर्ममार्फत मोबाइल रिचार्ज, बिजुली र पानीको बिलभुक्तानी, इन्टरनेट तथा डिटिएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङको भुक्तानी, इकमर्स मार्फत किनिएको सामानको भुक्तानी, लगायतका सेवा लिन सकिन्छ।

प्रकाशित मिति:     ३ चैत्र २०७७, मंगलवार  |    Himali Khabar