आगामी वर्षको बजेट निर्माण सुरु

आगामी वर्षको बजेट निर्माण सुरु

काठमाडौं, १ चैत । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७८–०७९ को बजेट निर्माणको तयारीमा जुटेको छ । संवैधानिक व्यवस्थाअनुसार आगामी १५ जेठमा प्रस्तुत हुने बजेटको समय आउन साढे दुई महिना मात्र बाँकी रहेकाले मन्त्रालय नयाँ बजेट निर्माणको तयारीमा जुटेको हो ।

मन्त्रालयले बजेट लेखनका लागि आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख रामप्रसाद घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय टोली गठन गरी सकेको छ। यस्तै बजेटमा समेट्नुपर्ने विभिन्न विषयवस्तुका सम्बन्धमा राय, सल्लाह र सुझावका लागि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सलगायतका निजी क्षेत्रका छाता संस्था सहित अन्य सरोकारवालाहरुसँग इमेल पठाएर सुझाव माग गरेको हो ।

राजस्व परामर्श समितिले पनि सात वटा प्रदेश र तीन वटा विशेष आर्थिक क्षेत्रमा सुझाव संकलन कार्यक्रम सुरु गरिसकेको छ।

प्रकाशित मिति:     १ चैत्र २०७७, आईतवार  |    Himali Khabar