बाराको बुङजोरमा जग्गा बिवादमा बेदबहादुरलाई निर्धात कुटपिट

बाराको बुङजोरमा जग्गा बिवादमा बेदबहादुरलाई निर्धात कुटपिट

बारा,२४ चैत । बाराको निजगढ नगरपालिका वडा १२ बुङजोरमा जग्गाको विषयमा अनावश्यक बिवाद सृजना गरी स्थानीय बेदबहादुर थिङलाई निर्धात कुटपिट गरिएको छ । करिब १५ वर्ष अघि थिङले खरिद गरेको जग्गा खरिद गरेकै मूल्यमा फिर्ता गर्न भन्दै पटक–पटक बिवाद गर्दै आएका उनका भतिजनहरुले उनलाई कुटपिट गरी घाइते बनाएका हुन ।

कुटपिटमा संलग्न होमबहादुर थिङ, नेत्र बहादुर थिङ र विरबहादुर थिङलाई इलाका प्रहरी कार्यालय निजगढले नियन्त्रणमा लिएको छ भने बिनोद स्याङतान, छेङग लामा र एक्क बहादुर थिङ फरार छन् । पिडित बेदबहादुरका अनुसार यो घटनाको मुख्य योजनाकार लामा, स्याङतान र विर बहादुर हुन ।

घटनामा संलग्न चार जना थिङहरु नाताले बेदबहादुरका भतिज हुन ।

पिडित हेटौडाको एक अस्पतालमा उपचार पश्चात हिजो मात्र डिस्चार्ज भएका छन् । उनको अनुहारमा ९ टाका लगाइएको छ भने शरीरमा पनि चोटपटक लागेको छ ।

कुटपिटमा संलग्नहरुलाई अभद्र व्यवहारमा मुद्धा चलाइ आवश्यक कारबाही अघि बढाइएको प्रहरी कार्यालयले जनाएको छ। जग्गा सम्बन्धितको पारिवारीक बिवादलाई बोधी मार्ग दर्शन मैत्री धर्म र महासम्बोधि धर्म संघगुरुज्यूसँग जोडेर घटनामा संलग्नहरु उम्कन खोजेको पिडित पक्षको गुनासो छ । यो नितान्त पारिवारीक घटना भएकाले भ्रममा नपर्न र पिडकलाई हदैसम्मको कारबाही गर्न पनि माग गरेका छन् ।

प्रकाशित मिति:     २५ चैत्र २०७७, बुधबार  |    Himali Khabar