बाँकेमा एक साता लकडाउन

बाँकेमा एक साता लकडाउन

काठमाडौं । बाँकेमा कोरोनाको संक्रमण नियन्त्रणभन्दा बाहिर गएपछि स्थानीय प्रशासनले सोमबार रातिदेखि लागू हुने गरी जिल्लाभरी एक साताका लागि निषेधाज्ञा जारी गरेको छ । पछिल्लो समय कोरोना भाइरसको इपिसेन्टर बन्दै गएपछि बाँकेलाई प्रशासनले घरबाट बाहिर ननिस्नक आग्रह गरेको छ ।

नेपालगन्ज, कोहलपुरमा गरिएको लकडाउन प्रभावकारी रुपमा कार्यान्वयन नभएको र कोरोनको संक्रमण फैलिँदै गएपछि निषेधाज्ञा जारी गर्नु परेको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । निषेधाज्ञा अर्को सूचना नभएसम्म कायम रहने बताइएको छ । त्यो समयसम्म एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुले मात्रै सवारी साधन प्रयोग गर्न पाउने छन् ।

प्रकाशित मिति:     १२ बैशाख २०७८, आईतवार  |    Himali Khabar