मोरङ-२ को (ख) मा एकीकृत समाजवादीबाट डा.पोखरेलको बलियो दाबेदारी

मोरङ-२ को (ख) मा एकीकृत समाजवादीबाट डा.पोखरेलको बलियो दाबेदारी

काठमाडौं । आगामी मंसिर ४ मा हुने निर्वाचनमा नेकपा एकीकृत समाजवादीले मोरङ क्षेत्र – २ को (ख) मा डा.उद्धव पोखरेललाई उम्मेदवार बनाउने लगभग निश्चित भएको छ । नेकपा एकीकृत समाजवादी निकट नेपाल बुद्धिजीवी परिषदका केन्द्रीय उपाध्यक्ष पोखरेल उक्त क्षेत्रमा निकै लोकप्रिय हुनुहुन्छ ।

५ दलित गठबन्धनको एक प्रमुख घटक एकीकृत समाजवादीले सो क्षेत्र आफूले पाउनुपर्ने दाबेदारी प्रस्तुत गर्दै आएको छ । गठवन्धनकातर्फ पोखरेललाई उम्मेदवार बनाउन पार्टीका अधिकाम्श नेता सहमत छन् ।

शैक्षिक सामाजिक तथा व्यावसायिक क्षेत्रमा सक्रिय डा.पोखरेल मिलनसार तथा विकास प्रेमी नेताका रुपमा परिचित हुनुहुन्छ । मोरङका जनताको हित, जिल्लाको विकास तथा परिवर्तनका लागि आफू प्रत्यक्ष राजनीतिमा आउने चाहना रहेकाले यस पटक सबैको सहयोग रहनेमा विश्वस्त हुनुहुन्छ । उहाँलाई पार्टीका सचिबालय सदस्य तथा क्षेत्र नम्बर -१ का अध्यक्ष, काठमाडौं जिल्ला खेलकुद महासंघ समाजबादी, नेपाल खेलकुद महासंघ समाजबादी तथा नेपाल ब्रेकिङ एण्ड डान्स स्पोर्ट्स काठमाडौं महानगरका अध्यक्ष युवा नेता केम्श सिंहले पनि समर्थन जनाएसक्नु भएको छ ।

प्रकाशित मिति:     ९ आश्विन २०७९, आईतवार  |    Himali Khabar