काठमाडौं । विश्व सम्पदा सुचीमा सुचीकृत लुम्बिनी क्षेत्रलाई खतराको सुचीमा नपर्ने भएको छ ।
भारतकाे राजधानी नयाँ दिल्लीमा जारी विश्व सम्पदा समितिको ४६ औं सम्मेलनले भगवान बुद्धकाे जन्मस्थल लुम्बिनीलाई खतराकाे सुचिमा नराख्ने निर्णय गरेकाे हो ।
बैठकमा सहभागी २१ राष्ट्र मध्ये १९ राष्ट्र खतराकाे सुचिमा राख्न नहुने पक्षमा उभिएपछि लुम्बिनीलाई खतराकाे सुचिमा नराख्ने निर्णय भएकाे हाे ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो छिमे छिरिङ्ग डा. ल्हारक्याल लामा लगायतको टिमकाे सुझवुझ पुर्ण कदमले यो सफल भएको हो ।