वडाध्यक्ष एक महिलासँग होटलको कोठाबाट पक्राउ

वडाध्यक्ष एक महिलासँग होटलको कोठाबाट पक्राउ

पाँचथर, ६ चैत । दोगडाकेदार गाउँपालिका ७ का वडाध्यक्ष भरत महरा स्थानीय एक महिलासँग संकास्पद रूपमा भेटिएका छन् । संकास्पद रूपमा भेटिएका वडाध्यक्ष र ती महिलालाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

उनीहरु दुवैलाई बिहान ३ः०० बजे स्थानीय खोचलेक बजारको एक होटलको कोठाबाट नियन्त्रणमा लिइएको हो । उनीहरु दुवै कोठामा रहेको भन्‍ने जानकारी वडाअध्यक्ष महराकी श्रीमतीले पाएपछि उनले नै प्रहरीलाई खबर गरेकी थिइन । दुवै जनालाई जिल्ला ल्याइन लागिएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए । उनीहरुले पार्टीको काम भएकाले सँगै कोठामा बसेको बताएका छन् ।

प्रकाशित मिति:     ६ चैत्र २०७७, शुक्रबार  |    Himali Khabar